Logo

आलम सांसद पदबाट निलम्वित



Spread the love

२८ असोज, काठमाडाैँ – प्रतिनिधिसभाका सांसद मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उनि निलम्बनमा परेका हुन् । रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट आलम आइतबार पक्राउ परेका थिए । सङ्घीय सचिवालयद्वारा सोमबार जारी गरिएको सूचनामा आलम पक्राउ गरिएको उपसभामुखलाई जानकारी गराइपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनको सांसद पद निलम्वन गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्