Logo

करेन्ट लागेर एकको मृत्यु



Spread the love

२७ असोज, गुल्मी l गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ६ मा करेन्ट लागेर एकको मृत्यु भएको छ l

मृत्यु हुनेमा गौरिखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरे रहेका छन् l बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारको क्रममा पाल्पा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो l

उक्त शवलाई पोस्ट माटमको लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्