Logo

सिलिन्डर विस्फोट हुँदा १० जनाको मृत्यु



Spread the love

२७ असोज, नयाँ दिल्ली l आज बिहान भारतको उत्तर प्रदेशको माउ जिल्लाको एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ ।

सिलिन्डर विस्फोट हुँदा दुई तले घर समेत भत्केको छ । भत्केको सोही घरमा अन्य केही मानिसहरू पुरिएको हुन् सक्ने भन्दै प्रहरीले खोजतलास गरिरहेको छ l

सो घटनाको अनुसन्धान गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्