Logo

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल रह्यो : प्रवक्ता श्रेष्ठ



Spread the love

२७ असोज, काठमाडौँ l नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रहेको बताएका छन् l

प्रवक्ता श्रेष्ठले आज ट्वीट गर्दै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कोशेढुंगा रहेको र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको बताएका हुन् l

उनले लेखेका छन्, “‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रह्यो। यो साँच्चै कोशेढुंगा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ, महामहिम सी र चीन सरकारप्रति आभार । यस पटक हाम्रो पनि परिपक्वता देखियो । सिङ्गो देश एक ढिक्का भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो, प्रधानमन्त्री र सबैलाई बधाई ।”

दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति सी आइतबार स्वदेश फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्