Logo

दाङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते



Spread the love

२७ असोज, दाङ । खुकुरी प्रहारबाट दाङमा एक व्यक्ति गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. ६ पहाडीपुर निवासी निमबहादुर वलीको खुकुरी प्रहारबाट स्थानीय ३० बर्षीय प्रकाश थापा गम्भीर घाइते भएका हुन् ।

आइतबार राति सामान्य विवादकै क्रममा वलीले थापामाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् ।

घाइते थापाको तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँकेको नेपालगञ्जस्थित नरसिंह कलेजमा राति नै रेफर गरि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वलीलाई खुकुरीसहित पक्राउ गरि सकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्