Logo

प्रहरी महानिरीक्षक खनाल इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन चिली जाँदै



Spread the love

२७ असोज, काठमाडौं । इन्टरपोलको ८८ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिली प्रस्थान गरेका छन् । यही असोज २८ देखि कात्तिक १ गतेसम्म चिलीको सान्टियागोमा आयोजना हुने इन्टरपोलको महासभामा भाग लिन खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रहरी महानिरीक्षक खनालसँगै केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली गएका प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रहरी महानिरीक्षक खनाल नेतृत्वको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्