Logo

दुईदिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता(फोटोफिचर)



Spread the love

२६ असोज, काठमाडौँ l नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमा राष्ट्रपति सीलाई बिदाइ गरेकी हुन् ।

चिनियाँ राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपरराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत विमानस्थल पुगेका थिए । चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

नेपाल भ्रमणमा काठमाडौँ आएका सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेट वार्ता गरेका थिए ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपति तहबाट भएको भ्रमणमा नेपाल र चीनबीच १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ l

फोटोफिचर:

तस्वीर: रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्