Logo

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



Spread the love

२६ असोज, काठमाडौँ l नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौता गरेसँगै प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि राष्ट्रपति सी स्वदेश फर्कने क्रममा विमानस्थलतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्