Logo

नेकपालाई चिनियाँ राष्ट्रपतिको सुझाव : आत्मअनुशासन बलियो बनाउनुहोस्



Spread the love

२६ असोज, काठमाडौँ l दुई दिनका लागि नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेकपाका नेताहरूलाई स्वयं हिमालयपार कनेक्टिभिटी बढाउन चाहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले नेपाल आफ्ना योजना पूरा गर्न प्रतिवद्ध रहनुपर्ने बताउँदै नेपालको समृद्धि र विकासमा चीन सहयोगी बन्न सधैँ तयार रहेको बताएका हुन् l

त्यसैगरि राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको उल्लेख गर्दै नेकपा नेताहरूलाई आत्मअनुशासन बलियो बनाउन सुझाव दिए l

उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्