Logo

काँग्रेसका सांसद मोहम्मद आलम पक्राउ



Spread the love

२६ असोज, रौतहट । प्रतिनिधिसभाका सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान रौटहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई रौतहटको राजपुर फरदवा गाउँपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०६४ चैत २७ राति भएको बम विस्फोटमा संलग्न रहेको भन्दै प्रहरीले आलमलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । त्यो बम विष्फोटमा परेका ८ जना अझै सम्पर्क विहीन छन् ।

प्रतिक्रिया दिनुहोस्