Logo

अदुवा, माल्नेटाको विशेषता र विश्वबजारमा अदुवाको उपस्थीति



Spread the love

सल्यान माल्नेटाको अदुवा

अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ । जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यान माल्नेटाको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ ।

सल्यान सदरमुकामबाट उत्तरी क्षेत्रमा पर्ने सिस्ने र कुमाखलाई शिर बनाएर हाँसिरहेको जस्तो देखिने झुम्म परेको वाक्लो वस्ती माल्नेटाको ढाँरखानी । माल्नेटाको नाम सुन्ने वित्तिकै अदुवाको नाम धेरैले जोड्ने गरेको पाइन्छ । जिल्लाको सदरमुकाम खलंगादेखि करीब ७ कि.मी. उत्तरपूर्वमा रहेको माल्नेटा अदुवा खेतीले प्रख्यात छ । यो स्थान शारदा नगरपालिका वडा नं. १४ मा पर्दछ ।

यो पहिलेको डाँडागाउँ गा.वि.स अन्तरगत पर्दथ्यो । माल्नेटा राष्ट्रिय रुपमा अदुवा उत्पादनमा चर्चा पाएको गाउँको नाम हो । माल्नेटा ढारखानी क्षेत्रमा पाइने रेशाविहीन अदुवा एशियाकै उत्कृष्ट मानिन्छ । एशियामै रेशाविहीन अदुवा उत्पादनले माल्नेटा चिनिन्छ । माल्नेटा, ढारखानी क्षेत्रको माटो अदुवाका लागि उपयोगी रहेको छ । यहाँ प्राङ्गागरिक पदार्थ धेरै भएको कालो, शुद्ध दोमट किसिमको माटो छ । माल्नेटा, ढारखानी क्षेत्रको माटोमा क्याल्सियमको मात्रा बढी भएकै कारण फरक र गुणस्तरीय अदुवा हुने गरेको दावी विज्ञहरुको छ । रातभरि पानी परेको खण्डमा पनि यस ठाउँमा बिहान खनजोत गर्न सकिने स्थानिय बुढापकाहरुको अनुभव छ । बारीका काल्ना ताछेर हे¥यो भनेपनि कहीं कतै ढुङ्गा नभेटिने विशेषता यहाँको माटोको रहेको कृषकहरु बताउँछन् । माल्नेटामा कहिलेदेखि अदुवा खेती हुन थालेको हो, यस वारे औपचारिक जानकारी भने अहिले सम्म फेला परेको छैन् । अहिले भने माल्नेटा, ढारखानीलगायत डाँडागाउँ गा.वि.स.भरि ब्यवसायिक रुपमा अदुवा खेती हुने गरेको छ । यहाँका अधिकांश कृषकहरु अदुवा उत्पादन पेशामा आबद्ध छन् । यहाँ राम्रो हेरचाह भएको स्वस्थ अदुवाको एउटा गाँजमा ५ के.जी.सम्म अदुवा फल्न सक्दछ ।

वीउ राख्दा खाल्डो खनेर पुर्ने प्रचलन छ । विउ राख्न भनाइएको १ देखि डेढ मिटर गहिरो ठाउलाई “गरिया” भन्निछ । माल्नेटाको  रेसाविहिन वोसे अदुवाको जति राम्रो वीउ अन्यन्त्र लगेपनि केही वर्षमै रेशा देखिन थाल्दछ अर्थात कम गुणस्तरको हुन थाल्दछ ।  माल्नेटाका कृषकहरु अदुवा बिक्री गर्न बरला, ढोरचौर र चाख्लीघाट, रामेखोला, ठाराढुंगा लगायतका स्थानिय बजार पुग्ने चलन छ । अहिले भने माल्नेटा (माल्टा)सम्म मोटरबाटो निर्माण भएकाले ब्यापारीहरुले किसानको बारीमा अदुवा किन्न पुग्ने गरेका छन् भने किसानहरुलाई पनि विक्रिमा सहजता आएको छ । माल्नेटाबाट मात्र वार्षिक १० करोड भन्दा बढी मूल्य बराबरको अदुवा निकासी हुने गर्दछ । यहाँको अदुवा नेपालका प्रायः शहरहरुका साथै भारतमा निर्यात हुने गरेको छ । किसानहरुले ताजा अदुवा नै बिक्री गर्ने गर्दछन् भने केहीले सुठो बनाएर बिक्री गर्ने पनि गर्दछन् । यो कुरा बजार मुल्यमा निर्भर हुन्छ । बजार मुल्य पाएको खण्डमा अदुवा नै विक्रि गर्ने किसानहरु म्ुल्य नपाएको खण्डमा सुठो बनाउने र कहिलेकाँही २÷३ वर्ष सम्म पनि थन्क्याउने गर्दछन् । सुठो बनाउदा परम्परागत रुपमा वोक्रा छोडाउने र सुकाउने चलन छ । बोक्रा छोडाएको अदुवा चौरभरीमा सुकाउने र रातीमा हराउने र चोरी हुने समस्याको लागी सुकाएको सुठोको वरिपरी खरानीको ‘लक्ष्मणरेखा’ बनाउने प्रचलन अहिले पनि कायम छ । अदुवा सुठो बनाउनका लागी १ देखि २ हप्ता सुकाएर पुरै बोक्रा झारीन्छ । किसानहरुले त्यसपछि सुठोको ग्रेडिङ्ग गर्दै सुकेको सुठो थन्क्याउछन् भने नसुकेको सुठो सुकेर सुठो नबन्दा सम्म यो प्रकृया जारी रहन्छ । अदुवा बाट सुठो बन्न लाग्ने समय सुर्यको तापक्रममा निर्भर हुन्छ । धेरै घाम लाग्ने ठाउँमा सुठो चाँडै तयार हुन्छ भने कम घाम लाग्ने ठाउमा सुठो बन्न केहि बढि समय लाग्ने गर्दछ ।

यहाँको सुठो रेशाविहीन, निकै तेजिलो वास्नादार हुन्छ । भनिन्छ– सुठो पिस्दा रेसा होइन पिठो धुलो हुन्छ । माल्नेटामा हुने अदुवा उत्पादनले गर्दा सल्यानमा राष्ट्रियस्तरको एकमात्र कार्यालय अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोटमा रहेको छ । त्यस केन्द्रले यही अदुवाबाट “कपुरकोट १” जातको अदुवा समेत विकसित गरेको छ ।

माल्नेटा र अदुवाको चर्चा नेपाली राजनीतिक इतिहासमा पनि पढ्न पाइन्छ । अहिले पनि सल्यानमा जुम्लाको समालीमा वर्षे राजधानी र जाजरकोटको जक्तिपुरमा हिउँदे राजधानी भएका प्रभावशाली राजा जक्तसिंह (वि.सं.१०५५)ले भोजन गर्दा प्रत्येक छाकमा वनगाड मानटुरोका चामल, जुम्ला मुनाघाटका माछा, खगेनकोटे गाईको घिउँ, जथाकको दही र माल्टा ढारखानीको अदुवा खान्थे भन्ने लोकोक्ती छ । (नेपालको केन्द्रीय राज्य सत्तामा रहेका शाह राजाहरु र राणाजीका खान्कीमा मात्र होइन माल्नेटाको अदुवा दिल्ली सम्राटका दरबारमासमेत सल्यानी राजाहरुबाट कोशेलीको रुपमा पठाइन्थ्यो । जसका कारण पनि यहाँ झण्डै १ हजार वर्ष अघि देखि अदुवा देखि लगाउन शुरु गरिएको सामान्य अनुमान लगाउन सकिन्छ । रोप्ने तरिकाृअदुवा खेती सल्यानमा फागुनदेखि वैशाख महिना भित्रमा लगाउने गरिन्छ । यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ।  किसानहरुले अदुवा खेती एक रोपनी क्षेत्रफलमा झण्डै साढे २ देखि ३ क्वीण्टल बराबरको विउँ रोप्ने गर्दछन् । कतिपय किसानहरुले गानो कुहिने रोग व्यवस्थापन गर्न तथा राम्ररी एकनासले अदुवा उमार्नका लागी अदुवा रोप्नु अघि पानीमा औषधि मिसाएर बनाएको झोलमा बीउ अदुवाको गानोलाई डुवाउने पनि गरेको पाइन्छ । अदुवा वाली लगाउनुभन्दा पहिले किसानहरुले वारीलाई कम्तीमा ३ पटक सम्म राम्ररी खनजोत गर्ने गर्दछन् । वारीको छेउघारीमा भएका झारपात, बोटविरुवा, पातपतिङ्गर, हटाउने चलन छ । माटोको गुणस्तर सुधारर्नका लागी घुम्ती वाली लगाउने र खासगरी कोदो रोपेको बारीमा अदुवा रोप्ने चलन यहाँका किसानहरुमा छ ।  अदुवा रोप्दा पानीको निकास मिलाइ २० देखि ३० से.मि. अग्लो डयाङ् बनाइ बीउ रोप्ने गरिन्छ । एक रोपनी क्षेत्रफलमा ३ सय डोकाको हाराहारीमा प्राङ्गारीक मल हाल्ने र रोप्ने गरिन्छ । अदुवा रोप्नेवलामा झण्डै १० से.मि. को गहिराइमा टुसा एकैतिर फर्काइ रोप्ने गरिन्छ । यसरी रोप्दा पहिलेनै व्रुनो निकाल्न सजिलो हुन्छ । अदुवा रोप्ने बित्तिकै रोपेको ठाउँमा पात पतिङ्गर वा सोतरले ८ देखि १० से.मि. बाक्लो हुनेगरी  छोप्ने गरिन्छ । अदुवाको बीउ उम्रिएको १ महिना, २ महिना, ३ महिना र त्यसपछि आवश्यकता अनुसार झारपात हटाउने गरिन्छ । अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनु पर्दछ। अदुवाको बिरूवा राम्रोसँग उम्रेको केहि समयपछि अघि रोपेको बीऊ झिकेर बेच्ने चलन छ । यसरी झिकिएको बीऊको टुक्रालाई माऊ, ब्रुनो र कतै बुढी पनि भन्दछन्।  अदुवा बाली रोपेको सामान्यतया ७ देखि ९ महिना पछि खन्ने गरिन्छ ।  व्यवस्थापन राम्रो भएमा सल्यानमा एक रोपनी जग्गामा अदुवाले १००० देखि १५०० के.जी. सम्म उत्पादन दिने गरेको किसानहरुको अनुभव छ ।  माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो। बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ।

अहिले सम्म उपलव्ध तथ्यांकलाई केलाउने हो भने सल्यानको माल्नेटा लगायत नेपालभरीको अदुवा भारतमा निर्यात हुन्छ । नेपालको अदुवाको विश्वबजार भारतमात्रै भएकाले पनि नेपालको निर्यातको आँकडा कम भएको र अदुवाले प्रतिस्प्रर्धात्मक मुल्य प्राप्त गर्न नसकेको देखिन्छ । सल्यान जिल्लाको अदुवा स्थानिय बजार, सहकारी तथा व्यापारीहरु मार्फत दाङ, नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, तथा भारत र वंगलादेशका विभिन्न शहरहरुमा समेत पठाउने गरिन्छ । सल्यान जिल्ला अदुवा उत्पादनको हिसावले इलामपछि नेपालकै दोस्रो नम्वरमा भएपनि गुणस्तरको हिसावले पहिलो नम्वरमा मानिन्छ । सल्यान जिल्लाको माटोमा प्रति हेक्टर १०.११ मेट्रिक टन अदुवा उत्पादन हुन्छ  ।

रोप्ने तरिकाअदुवा खेती सल्यानमा फागुनदेखि वैशाख महिना भित्रमा लगाउने गरिन्छ । यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ ।  किसानहरुले एक रोपनी क्षेत्रफलमा झण्डै साढे २ देखि ३ क्वीण्टल बराबरको  अदुवाको विउँ रोप्ने गर्दछन् । कतिपय किसानहरुले गानो कुहिने रोग व्यवस्थापन गर्न तथा राम्ररी एकनासले अदुवा उमार्नका लागी अदुवा रोप्नु अघि पानीमा औषधि मिसाएर बनाएको झोलमा बीउ अदुवाको गानोलाई डुवाउने पनि गरेको पाइन्छ । अदुवा वाली लगाउनुभन्दा पहिले किसानहरुले वारीलाई कम्तीमा ३ पटक सम्म राम्ररी खनजोत गर्ने गर्दछन् । वारीको छेउघारीमा भएका झारपात, बोटविरुवा, पातपतिङ्गर, हटाउने चलन छ । माटोको गुणस्तर सुधारर्नका लागी घुम्ती वाली लगाउने र खासगरी कोदो रोपेको बारीमा अदुवा रोप्ने चलन यहाँका किसानहरुमा छ ।  अदुवा रोप्दा पानीको निकास मिलाइ २० देखि ३० से.मि. अग्लो डयाङ् बनाइ बीउ रोप्ने गरिन्छ । एक रोपनी क्षेत्रफलमा ३ सय डोकाको हाराहारीमा प्राङ्गारीक मल हाल्ने र रोप्ने गरिन्छ । अदुवा रोप्नेवलामा झण्डै १० से.मि. को गहिराइमा टुसा एकैतिर फर्काइ रोप्ने गरिन्छ । यसरी रोप्दा पहिलेनै व्रुनो निकाल्न सजिलो हुन्छ । अदुवा रोप्ने बित्तिकै रोपेको ठाउँमा पात पतिङ्गर वा सोतरले ८ देखि १० से.मि. बाक्लो हुनेगरी  छोप्ने गरिन्छ । अदुवाको बीउ उम्रिएको १ महिना, २ महिना, ३ महिना र त्यसपछि आवश्यकता अनुसार झारपात हटाउने गरिन्छ ।

अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनु पर्दछ । अदुवाको बिरूवा राम्रोसँग उम्रेको केहि समयपछि अघि रोपेको बीऊ झिकेर बेच्ने चलन छ । यसरी झिकिएको बीऊको टुक्रालाई माऊ, ब्रुनो र कतै बुढी पनि भन्दछन् ।  अदुवा बाली रोपेको सामान्यतया ७ देखि ९ महिना पछि खन्ने गरिन्छ ।  व्यवस्थापन राम्रो भएमा सल्यानमा एक रोपनी जग्गामा अदुवाले १००० देखि १५०० के.जी. सम्म उत्पादन दिने गरेको किसानहरुको अनुभव छ ।  माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो । बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ।

अहिले सम्म उपलव्ध तथ्यांकलाई केलाउने हो भने सल्यानको माल्नेटा लगायत नेपालभरीको अदुवा भारतमा निर्यात हुन्छ । नेपालको अदुवाको विश्वबजार भारतमात्रै भएकाले पनि नेपालको निर्यातको आँकडा कम भएको र अदुवाले प्रतिस्प्रर्धात्मक मुल्य प्राप्त गर्न नसकेको देखिन्छ । सल्यान जिल्लाको अदुवा स्थानिय बजार, सहकारी तथा व्यापारीहरु मार्फत दाङ, नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, तथा भारत र वंगलादेशका विभिन्न शहरहरुमा समेत पठाउने गरिन्छ । सल्यान जिल्ला अदुवा उत्पादनको हिसावले इलामपछि नेपालकै दोस्रो नम्वरमा भएपनि गुणस्तरको हिसावले पहिलो नम्वरमा मानिन्छ । सल्यान जिल्लाको माटोमा प्रति हेक्टर १०.११ मेट्रिक टन अदुवा उत्पादन हुन्छ  ।

माल्नेटाको ुकरा मात्रै नभइ समग्र सल्यान र नेपालकै सन्दर्भमा पनि नेपालको अदुवा विभिन्न सम्भावनाका वावजुत पनि पछाडि परेको देख्न सकिन्छ । राज्य, स्वयं किसान र सरोकारवालाहरुले योजनावद्ध तरिकाले अदुवाको विकासका लागी लागेमा अहिले भन्दा यसबाट थप आम्दानी लिन सकिन्छ । त्यसका लागी खासगरी उत्पादन, प्रशोधन र बजारीकरणमा ठोस कदम चाल्नुपर्ने देखिन्छ । अहिले पनि अदुवा उत्पादन तथा प्रशोधनमा उयपुक्त प्रविधिको प्रयोग हुन सकेको देखिदैन । अदुवा रोप्न, मलविउँको प्रयोग गर्न अदुवा भण्डारण गर्न तथा प्रशोधन गर्नका लागी अहिले पनि परम्परागत प्रविधिको प्रयोग हुदै आएको देखिन्छ । यसका लाई सुधार्नुपर्ने देखिन्छ । यसैगरी किसानहरुलाई यसको उत्पादन, भण्डारण र प्रशोधन तथा बजारीकरणमा पनि ज्ञान र शिपको कमि छ जुन कुरामा ध्यान पु¥याउनुपर्ने देखिन्छ । यस्तै उपयुक्त विउँ छनौट हुन नसक्दा पनि अदुवाबाट अपेक्षित लाभ लिन नसकेको देखिन्छ । पुरानो रोगि विउँको प्रयोगलाई निरुत्साहीत अथवा उपचार गरेर मात्रै विउँ प्रयोग गर्न सकेमा किसानहरुलाई थप लाभ पुग्ने देखिन्छ र गुणस्तरिय उत्पादनको शुनिश्चितता देखिन्छ । किसानहरुले उत्पादन लागको हेक्का रागेको पाइदेन । व्यावसायिक योजना मार्फत उत्पादन लागतको हिसावकिताव गरेर विक्रि मुल्य किसानले निर्धारण गर्नु उपयुक्त देखिन्छ । यसका साथै पुर्व वालि र व्यवस्थापन प्रणाली तथा रोगकिराको बारेमा किसानलाइ जनचेतना जगाउनु आवश्यक देखिन्छ ।

अदुवा उत्पादक किसानहरु लाई अहिले पनि बजार सम्वन्धि सुचनाको अभाव छ । बजार मुल्यको अवस्था अध्ययन गरी अदुवालाई वारीबाट खन्ने र वेच्ने परिपाटीको विकास हुनु जरुरी छ । माल्नेटामा अहिले पनि किसानहरुले कात्तिकको अन्तिमदेखि मंसिरको पहिलो हप्तामा अदुवा खन्ने प्रचलन छ जुन समयमा बजारमुल्य एकदमै कम हुन्छ । अदुवाको उचित भण्डारण गर्न नसक्दा सस्तो मुल्यमा नै उनिहरु अदुवा वेच्न बाध्य हुन्छन । यसका साथै बजार सम्वन्धि सुविधाको अभाव, कर , उच्च मुल्य तोक्ने परम्परागत चलन, आकार र तौल अनुसार ग्रेडिङ्ग, प्याकिङ्ग र सफाइ पनि अदुवा उत्पादक किसानका उत्पादन बजारीकरणका चुनौतिको रुपमा देखा परेका छन् ।

माल्नेटाको अदुवा उत्पादनको क्षेत्र भनेको अध्ययन, अनुसन्धान तथा कृषि पर्यटनकोे क्षेत्र पनि हो । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । माल्नेटाको अदुवा फल्ने डाँडोको टुप्पोमा पुग्दा एउटा पहाडको टुप्पोमा खेतियोग्य माटोले भरीपुर्ण जमिन जहाँ ढुंगा देख्न पाइदैन । अदुवाको गुणस्तरिय उत्पादनका अवलोकनकर्तालाई यहाँको ग्रामीण बस्ती, जनजीवन, भेषभूषा, माल्टा राज्य, धार्मिक दर्शनीय स्थलहरु र माल्टेनाबाट देखिने शारदाका फाँट र दृश्यहरु साँच्चै लोभलाग्दा लाग्छन् । माल्नेटाको अदुवाले सल्यानको आर्थिक समृद्धिमा ठूलो योगदान दिएकोमात्र छैन् सल्यानीलाई नेपाल तथा विश्वमा समेत चिनाएको छ । अदुवालाई आधुनिक प्रविधिबाट प्रशोधन गरी माल्नेटा ट्रेडमार्क स्थापना गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्न बेलैमा सोच्नु पर्दछ । सल्यानको माल्नेटामा नै अदुवा अनुसन्धान केन्द्रको स्थापनामा नितिनिर्माणतहमा रहेकाहरुले नाक खुम्च्याउनु हुदैन । वोसे अदुवाको माल्नेटामा नै पुगेर नयाँ जातको परिक्षण गरी सिफारिस गर्नका नेपाल कृषि अनुसन्धान परिषद, अदुवावालि अनुसन्धान केन्द्र लगायतले कञ्जुस्याँई कदापी गर्नु हुदैन नत्र आफुअनुकुलका निर्णय र आफु अनुकुलका नितिनिर्माता तहका निर्णयले माल्नेटाको अदुवाको स्तर आधुनिकतामा पुग्न अझै धेरै लाग्ने छ ।

लेखक लामो समय देखी अनुसन्धानात्मक पत्रकारितामा सम्लग्न छन ।

प्रतिक्रिया दिनुहोस्