२५ असोज, महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिकामा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका राँगा र भैँसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मटिहानीबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक हिमालय थापाको नेतृत्वमा खटिएको टोलीले मटिहानी नगरपालिका–३ मझौरा गाउँबाट १७ राँगा र तीन भैँसी नियन्त्रणमा लिएको हो ।
राजश्व छलेर वनको बाटो हुँदै तस्करी गरी ल्याइएका ती जनावर मूल्य रु तीन लाख ५० हजार रहेको प्रहरी निरीक्षक थापाले बताए । तिनलाई मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्