Logo

महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता : गृहमन्त्री थापा



Spread the love

२४ असोज, काठमाडौँ । गृहमन्त्री राम बहादुर थापाले महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता अपनाइने बताएका छन् ।

६४ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै गृहमन्त्री थापाले त्यस्ता गतिविधिमा संलग्न तत्त्वलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिए l

उनले भने, “महिला तथा बालिका हिंसा विरुद्ध शून्य सहनशीलता अपनाइएको छ, यस्ता अपराध गर्ने कदापि क्षम्य हुन्न र कारबाहीमा कुनै हिचकिचाहट हुनुहुँदैन ।”

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले प्रहरी जनताका लागि आवश्यक रहेको बताउँदै भने, “बाटोमा चेक जाँच गर्दा रिसाउने मान्छे घरमा ताल्चा फुटेको देखेपछि प्रहरी सम्झन्छ ।”

आफ्नो कुशल कार्यसम्पादनमार्फत प्रहरी सङ्गठन अन्तर्राष्ट्रिय स्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै मन्त्री थापाले जनताको सेवामा खरो उत्रन प्रहरीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्