Logo

प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्छ : प्रधानमन्त्री ओली



Spread the love

२४ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको बताएका छन् l

प्रहरी प्रधान कार्यालयले ६४ औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले प्रहरीले पद, अनुहार या दलको वास्ता नगरी अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गल्ती गर्नेलाई कुनै पार्टी वा व्यक्ति नहेरी कारबाही गर्न आग्रह गर्दै उनले भने, “‘कुन पार्टी सरकारमा छ, कसले अपराध गर्‍यो वा कुन ओहोदामा छ त्यसलाई हेरेर अनुसन्धान गर्ने हैन । निष्पक्ष अनुसन्धान गर्नुपर्छ। अनुहार हेरेर अनुसन्धान गर भनेर दबाब दिनुहुन्न ।”

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान र कानुनअनुसार कारबाही र नियन्त्रण गर्न प्रहरीको विशेष ध्यान जाओस् भनी प्रहरीको ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्