Logo

गुण्डुमा पाथिभरा माताको मन्दिर



Spread the love

२२ असोज, भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ । गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा माताको ३५० केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको मंगलबार प्राणप्रतिष्ठा गरिएको हो । पाँच महीना लगाएर रु ११ लाखमा निर्माण गरिएको पाथिभराको मन्दिरको निर्माणसँगै भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले जनाएका छन् ।

मन्दिर निर्माणका लागि श्रीमद्देवी भागवत ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ । पण्डितहरुले पाथिभरा वैष्णोदेवी मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए । सांसद महेश बस्नेतले मन्दिरको उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्