Logo

बडादशैँलाई एकता र पुनर्मिलनको संज्ञा



Spread the love

१९ असोज, कथम, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड बडादशैँलाई एकता र पुनर्मिलनको संज्ञा दिँदै शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाउन आग्रह गरेका छन् ।

बडादशैँको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् l

प्रधानमन्त्री ओलीले दशैँलाई सकेसम्म भव्यताका साथ मनाउन जोड दिँदै मनाइरहँदा कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलन तोड्दै जानु पनि आवश्यक रहेको बताए l

उनले भने, “दशैँमा स्वास्थ्य, मित्रता, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी ध्यान दिनुपर्छ । यस चाडले परिवार, छिमेक, आफन्तमा स्नेह, माया ममता र सद्भाव फैलियोस् ।”

बडादशैँको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले भने, “राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर हामी अहिले समृद्धिको यात्रामा छौँ । यस यात्रामा समृद्धिसँगसँगै समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्