Logo

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : मन्त्री अर्याल



Spread the love

१८ असोज, स्याङ्जा l सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताएकी छन् ।

आज वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री अर्यालले सरकार, सहकारी र निजी क्षेत्र मिलेर देशको विकास गर्ने बताएकी हुन् l

उनले भनिन्, “राज्यले निजी क्षेत्रलाई सरकारको एक अभिन्न अङ्गका रूपमा आत्मसात् गरेर सरकार सोही अनुरूप अगाडि बढेकाले विकासको साझेदारका रूपमा रहेको निजी क्षेत्रलाई फस्टाउने वातावरण तयार गर्छ, यसमा सबै व्यापारी एवं उद्योगपति ढुक्क भए हुन्छ ।”

सरकारले ठूलाठूला उद्योगधन्दामार्फत रोजगारी सिर्जना गरेर आत्मनिर्भर बन्ने योजनामा रहेको बताउँदै सरकारको एक मात्रै चाहना ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने भएकाले देशको विकास गर्नेबाहेक अन्य कुरामा ध्यान नभएको मन्त्री अर्यालले बताएकी छन् l

प्रतिक्रिया दिनुहोस्