Logo

महरालाई सबै जिम्मेवारीबाट हटाउनुपर्छ : सभापति देउवा



Spread the love

१८ असोज, काठमाडौँ l नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यौन दुर्व्यवहारको आरोप लागेका कृष्ण बहादुर महरालाई सबै जिम्मेवारीबाट हटाउनुपर्ने बताएका छन् ।

आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउँदै सभापति देउवाले महरामाथि कारबाही गर्नुको साटो सरकार आफैँले संरक्षण गर्ने काम गरिरहेको दाबी गर्दै सो कुरा बताएका हुन् l

कार्यक्रममा बोल्दै सभापति देउवाले पीडित महिलालाई दुई तिहाइको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाएका छन् l

प्रतिक्रिया दिनुहोस्