Logo

पार्टीका कार्यकर्तालाई कलंक बनेर नबस्न नेता नेपालको आग्रह



Spread the love

१८ असोज, भक्तपुर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई बदनाम र कलंक बनेर नबस्न आग्रह गरेका छन् ।

आज भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता जनाउँदै नेता नेपालले यौन काण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराको हालैको प्रकरणलाई लक्षित गर्दै आग्रह गरेका हुन् l

कार्यक्रममा बोल्दै नेता नेपालले विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढ्नसमेत बताए l

नेपाल र नेपालीको शान र इज्जत बढाउनका लागि जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै सरकारको दायित्व रहेको नेता नेपालको भनाई छ l

मदिरापान गर्ने बानीले धेरै कुराको हानी गर्ने भन्दै नेता नेपालले सकेसम्म मासुसम्म कम खाएर चाडपर्व मनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्