Logo

लागु औषधसहित ३ जना पक्राउ



Spread the love

१७ असोज, जनकपुरधाम । जनकपुरधामबाट प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय प्रवीणकुमार यादव, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेका छन् l

उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका ४ जनक चोकबाट प्रतिवन्धित लागुऔषध नाइट्राभेट ट्याबलेट ९ पिस सहित पक्राउ गरेको हो l

मोटरसाइकल चेक जाँचको क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागु औषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्