Logo

सरकार पार्टीले निर्वाचनमा गरेका प्रतिवद्धताहरू पूरा गर्दै अगाडि बढ्दैछ : पौडेल



Spread the love

१६ असोज, बुटवल l नेकपाका महासचिव विष्णु पौडेलले सरकार पार्टीले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताहरू पूरा गर्दै अगाडि बढेको दाबी गरेका छन् l

आज बुटवलमा नेकपा नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउँदै महासचिव पौडेलले यस्तो बताएका हुन् l

कार्यक्रममा बोल्दा महासचिव पौडेलले फट्याङ्ग्राहरू उफ्रिँदैमा व्यवस्था परिवर्तन नहुने बताए l गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता राजा महाराजाले उपहार दिएर आएको होइन भन्दै उनले भने, “फट्याङ्ग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्था परिवर्तन सम्भव छैन, यो जनताको संघर्षबाट स्थापना भएको व्यवस्था हो ।”

प्रतिक्रिया दिनुहोस्