Logo

ओली–प्रचण्डको सम्बन्धलाई शोले फिल्मका जय र विरुको संज्ञा



Spread the love

१६ असोज,रौतहट l नेकपा प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई चलचित्र शोलेका जय र विरुको संज्ञा दिएका छन् l

आज दसैँ, तिहार र छठको अवसरका रौतहटको देवाही गोनाही नगरपालिका -६, कर्कचमा नेकपा नगर कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै साहले यस्तो संज्ञा दिएका हुन् l

बलिउड चलचित्र शोलेको चर्चा गर्दै अध्यक्ष साहले भने, “तपाइँहरुले शोले फिल्म हेर्नुभएकै होला । आतंकको रूपमा रहेको गब्बर सिंहलाई परास्त गर्न जय र विरुले मिलेर लड्नुपरेको हुन्छ । सायद एक्लै भएको भए माहौल अर्कै हुन्थ्यो । त्यस्तै मुलुकलाई अग्रगमनतर्फ अगाडि बढाउन दुई वामपन्थी कमाण्डर मिलेका हुन । जय विरु जस्तै हाम्रा पार्टीका अध्यक्षद्वय समाजलाई उत्पीडन, पछौटेपनबाट छुटकारा दिलाउन मिलेर लडिरहेका छन् ।”

कार्यक्रममा बोल्दै साहले ग्रामीण विकासका लागि जनता स्वयं सक्रिय भएर सरकारसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउँदै स्वाभिमान र सम्मानसहितको समाज निर्माणमा लाग्न समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्