Logo

लागु औषध सहित २ जना पक्राउ



Spread the love

१६ असोज, बुटवल l कपिलवस्तुबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सलाउद्दिन मुसलवान र मजिबुर रहमान रहेका छन् l

बाणगंगा नगरपालिका वडा नं ५ खुटेनीबाट प्रहरीले लु ११ प ५२७९ नम्बरका मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई ९ ग्राम ७९० मिलिग्राम लागु औषध, नेपाली नगद रु १३ हजार, भारतीय एक हजार फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी नै रहेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्