Logo

महरा प्रकरण : आरोप लगाउने शाहीले गरिन् श्रीमानसंग डिभोर्स



Spread the love

१६ असोज, काठमाडौँ l निवर्तमान सभामुख कृष्ण बहादुरलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउने संसद् सचिवालयमा कार्यरत महिला रोशनी शाहीले डिभोर्स गरेकी छन् ।

आज शाही र उनका श्रीमान् चित्रजंग शाहीबीच डिभोर्स भएको हो । आरोप लगाउने शाहीले महराले आफूलाई दुर्व्यवहार नगरेको भन्दै उनी विरुद्ध उजुरी दिन अस्वीकार गरेकी थिइन् ।

तर शाहीका श्रीमानले सामाजिक सञ्जाल फेसबुकमा कानुनी रूपमै श्रीमान् श्रीमतीको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका छन् । महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्