Logo

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता



Spread the love

१६ असोज, काठमाडाैँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघको ७४औँ महासभा बैठकमा सहभागी भई आज राति स्वदेश फर्किएका छन् ।

महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।

विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।

बैठकका क्रममा मन्त्री ज्ञवालीले विद्यमान अन्तरराष्ट्रिय व्यवस्था, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घको सुधारमा द्वन्द्व तथा आतङ्कवाद जस्ता विषयमा विचार आदानप्रदान गरेका थिए ।

यसैबीच सञ्चारमन्त्रीकर्मीको जिज्ञासामा उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को अनौपचारिक मन्त्रिरिषद्को बैठकमा सबै आठ देशले सार्कलाई गति दिन प्रतिबद्ध रहेको बताएको जानकारी दिए ।

चीनका राष्ट्रपतिले निकट भविष्यमा नेपालको भ्रमण गर्ने सम्भावना रहेको भए पनि मिति भने निर्धारण भई नसकेको उनले बताए । मन्त्री ज्ञवालीलाई विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्