Logo

अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न हुँदैन : नेता सिंह



Spread the love

१५ असोज, काठमाडौँ l नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महराले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्म विपरीत भएको बताएका छन् l

आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै नेता सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका हुन् l

नेता सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भएमात्र पार्टी बलियो हुने उल्लेख गर्दै कानुन सबैका लागि समान भएको बताए l

अनुसन्धानमा संलग्न प्रहरीहरूलाई दबाब र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिँदै अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने नेता सिंहको भनाई थियो l

प्रतिक्रिया दिनुहोस्