Logo

महरा सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ : प्रेस सल्लाकार



Spread the love

१४ असोज, काठमाडौँ l संसद् सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले उपसभामुखलाई सम्बोधन गरेर राजीनामा दिए पश्चात् महराका प्रेस सल्लाहकार डिल्ली मल्लले महरा सभामुखको जिम्मेवारीमा फर्कने बताएका छन् ।

सल्लाकार मल्लले आफ्नो सामाजिक सञ्जालमार्फत महराको राजिनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने कारण नरहेको बताए l

उनले भनेका छन्, “सभामुखज्यूले गम्भीर आरोप लागेको सन्दर्भमा त्यसको अनुसन्धान र छानबिन प्रक्रिया निष्पक्ष, स्वतन्त्र र सत्यतथ्य रूपमा होस् भनेर छानबिन अवधिसम्मका लागि सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिनुभएको हो, यसले छानबिन प्रक्रियालाई सहयोग पुर्‍याउँछ l यी सबै कपोलकल्पित र भ्रामक आरोपहरूबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ।”

प्रतिक्रिया दिनुहोस्