Logo

अध्यक्ष भट्टराईले भने- “महरा प्रकरण फासफुस नहोस्”



Spread the love

१४ असोज, काठमाडौँ l समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले महरा प्रकरण त्यतिकै सेलाउन नहुने बताएका छन् l

आज अध्यक्ष भट्टराईले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत विगतमा महिला र दलितमाथि हुने गरेका अपराधका निष्पक्ष छानबिन र कारबाही नभएको स्मरण गराउँदै महरा प्रकरण त्यतिकै सेलाउन नहुने बताएका हुन् l

उनले लेखेका छन्, “सभामुख महराको राजीनामा पछि यो बलात्कारकाण्डको स्वतन्त्र निष्पक्ष छानबिन होस् र कानुन अनुसार न्याय निरूपण होस् ! विगतमा महिला दलितमाथि हुने गरेका अपराधका निष्पक्ष छानबिन र कार्यवाही भएका छैनन् ! मी-टू अभियानका आरोपीहरू कोही पनि दण्डित भएका छैनन् ! महरा प्रकरण पनि त्यस्तै फासफुस नहोस् !”

प्रतिक्रिया दिनुहोस्