Logo

ज्येष्ठ नागरिकको जीवनलाई सुखमय बनाउन राष्ट्रपति भण्डारीको आग्रह



Spread the love

१४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छन्  ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनका लागि हार्दिक शुभकामना पनि व्यक्त गरेकी हुन्  । उनले शुभकामना सन्देशमा, “ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महìवपूर्ण स्रोत भएकाले राज्यले उनीहरूको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नतर्फ ध्यान दिनु जरुरी छ ”, बताए ।

उनले सन्देशमा नेपालको संविधान, कानुन र नीतिहरूले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको चर्चा गर्दै जसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्