Logo

सभामुख महरामाथि लागेको आरोप सामान्य विषय होइन : नेता थापा



Spread the love

१३ असोज, काठमाडौँ l नेपाली काँग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोप सामान्य विषय नभएको भन्दै नेपाल प्रहरीले कसैको दवाब र प्रभावमा नपरी अनुसन्धान गर्नुपर्ने बताएका छन् l

आज रुपन्देहीको बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागिता जनाउँदै नेता थापाले यस्तो बताएका हुन् l

कार्यक्रममा बोल्दै नेता थापाले कानुनी राज्यमा कानुनभन्दा माथि कोही पनि नहुने भन्दै बलात्कारको आरोप लागेपछि राज्यले सामान्य नागरिकलाई जस्तो व्यवहार गर्दछ सोही व्यवहार सभामुख महरामाथि पनि हुनुपर्ने बताए l

सभामुख महरामाथि लागेको आरोप असत्य होस् भन्ने कामना आफ्नो पनि रहेको बताउँदै नेता थापाले आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिनुपर्ने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्