Logo

ओली र प्रचण्डसँग महराको कुराकानी, आवश्यक परे सभामुख पदबाट राजीनामा दिन्छु



Spread the love

१४ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफुलाई लागेको आरोपको छानबिनका लागि आवश्यक परे राजीनामा दिने प्रष्ट पारेका छन्। सभामुख महराले आफूमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न र सत्यतथ्यमा पता लगाउन सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

महराले छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार रहेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई बताएका छन् । साथै उनले आफूले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि पछिल्लो घटनाक्रमबारे कुरा गरेको जनाएका छन् ।

महरालाई आइतबार राति राजधानीमा एक महिलाको कोठामा गएर मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तीब्र ढंगले घटनाक्रम अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्