Logo

काँग्रेसलाई मन्त्री भट्टराईको सुझाव : लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन



Spread the love

१३ असोज, काठमाडौँ l हालै क्यानडामा व्यस्त रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाम नलिई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई यस्तो सुझाव दिएका हुन् l मन्त्री भट्टराईले लेखेका छन्, “लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम ।”

प्रतिक्रिया दिनुहोस्