Logo

अलपत्र बालबालिकाको उद्धार



Spread the love

१३ असोज, भक्तपुर – भक्तपुरमा रहेको एक बालगृहमा अलपत्र परेका १० बालबालिको उद्धार गरिएको छ । लामो समयदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले ती बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको छ ।

चाँगुनारायण नगरपालिका–९ स्थित ‘सौडोल महिला समाज’ नामक संस्थामा जोखिम अवस्थामा रहेका बालबालिकाको उद्दार गरिएको हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बताए ।

उद्धार गरिएकामध्ये दुईलाई काठमाडौँमा आफन्तको जिम्मा लगाइएको र आठ बालबालिकाको आइतबार परिवारसँग मिलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा एक कार्यक्रमको आयोजना गरेर प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई, सर्केगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका जनप्रतिनिधिको उपस्थितमा ती बालबालिकालाई आफ्न्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्