Logo

सरकार संविधान संशोधनको मुद्दामा मौन बस्यो : नेता राई



Spread the love

१२ असोज, बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले जनताका चाहनाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाएका छन् ।

आज बुटवलमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै नेता राईले भ्रष्टाचार, घुसखोरी बढेको र यो नरोकिए जनता निराश भएर सडकमा आउन सक्ने बताएका हुन् l

नेता राईले आफ्नो पार्टी सरकारमा भएता पनि गलत कामको विरोध गर्ने बताएका छन् l सरकार संविधान संशोधनको मुद्दामा नबोलेको भन्दै असन्तुष्टि जनाउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान सहितको सङ्घीयता लगायतका विषयहरू संविधान संशोधन गर्नुपर्ने नेता राईको माग छ l

प्रतिक्रिया दिनुहोस्