Logo

सानेपामा सभापति देउवाविरुद्ध तरुण दलको प्रदर्शन



Spread the love

१० असोज, काठमाडौँ l आज सानेपामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध काँग्रेस भ्रातृ सङ्गठन तरुण दलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

तरुण दलका तत्कालीन महासचिव भुपेन्द्रजंग शाही समूहले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् l

दिउँसो ३ बजेका लागि तय भएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन, विधान निर्माण तथा परिमार्जन, एकरूपता, नयाँ निवेदन परेका भ्रातृ, शुभेच्छुक, जनसम्पर्क समितिका विषयमा निर्णय गर्ने नेताहरूले बताएका थिए । तर तय भएको समयमा सभापति देउवाको उपस्थिति नभएका कारण बैठक सुरु हुन् सकेन् l

प्रतिक्रिया दिनुहोस्