Logo

मैले प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ : प्रधानमन्त्री ओली



Spread the love

 

१० असोज, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकोमा सन्तोष व्यक्त गरेका छन् l

नेपालय प्रकाशनद्वारा प्रकाशित वामपन्थी राजनीतिक इतिहास र नेताहरूको जीवनी चरित्रमा आधारित प्रा केआर खुम्बुको पुस्तक ‘छायाँको लस्कर’ को लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र प्राप्तिसहित नयाँ संविधान, कम्युनिस्ट पार्टी एकता र अन्य परिवर्तन आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पार्टी एकताले पूर्णता पाएकोमा सन्तोष व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मुलुकमा परिवर्तन हुने र गर्न सकिने भनेर आन्दोलनमा लागेकाले त्यस बखत प्रधानमन्त्री हुने कल्पनै नगरेको बताउँदै आन्दोलनमा लाग्दा बाँचिएला भन्ने समेत नलाग्ने गरेको उल्लेख गरे l

उनले भने, “देशको सुखद भविष्यको परिकल्पना थियो । आफ्नोबारे केही पनि परिकल्पना थिएन, त्यस बेला भोकै हिँड्ने र भोकै पनि रहने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलिएर हिँड्नुपर्थ्यो । पूर्वी पहाडका अधिकांश जिल्ला पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो । विगतका कठिन दिन रमाइला पनि थिए ।”

प्रधानमन्त्री ओलीले भूमिगत कालमा स्वयंले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यस बखतका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेकामा धन्यवाद समेत दिएका छन् l

प्रतिक्रिया दिनुहोस्