Logo

७० वर्षकाे बुढेसकालमा चर्चा कमाएकी ‘तिकिरी’ काे मृत्यु !



Spread the love

डेढ महिनाअघि दुब्लो शरीर लिएर श्रीलंकाका सहर डुलेर चर्चा कमाएकी ‘तिकिरी’ नामक हात्तीकाे मृत्यु भएकाे छ । ७० वर्षीया बूढी तिकिरीको श्रीलंकाको राजधानी कोलम्बोबाट ८० किलोमिटर टाढाकाे केगेल भन्ने ठाँउमा मंगलबार राति मृत्यु भएको हो ।

फेसबुक पेजमार्फत फाउन्डेसनले, तिकिरीको मृत्यु भएकाे अधिकारीहरले बुधबार पुष्टि गरेकाे जानकारी गराएकाे छ।

विश्व हात्ती दिवसमा आयाेजना गरिएकाे पेराहेरा मेलामा दुब्लाएर हाड करङ देखिएकी बूढी तिकिरी अरू ६० वटा हात्तीसँगै हिँडिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि तिकिरी हात्तीको विश्वभरि निकै चर्चा चलेकाे थियो । तिकिरीले ७० वर्षकाे बुढेसकालमा पनि अन्य मत्ता हात्तीहरूसँग १० दिनसम्म श्रीलंकाका सहर घुमेकी थिई ।

तिकिरी हात्तीको दुर्बलता तथा कमजोर अवस्थालाई लिएर श्रीलंकामा जनावरका अधिकारको पक्षमा वकालत गर्नेहरुले सरकारको आलोचनासमेत गरेका थिए ।

तिकिरी हात्तीको तस्वीर सार्वजनिक भएपछि मेलामा हिँडाउन बन्द गराएर तिकिरीको सुरक्षाका लागि आफ्नै मालिककोमा पठाइएको एक महिनापछि उसको मृत्यु भएको हो । -एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्