Logo

अमेरिकी राजदूत एकाएक सक्रिय, छुट्टाछुट्टै भेटे देउवा र नेपाललाई



Spread the love

१० असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखलाई भेटेका छन् ।

Image result for अमेरिकी राजदूत र्‍यान्डी बेरी र माधव नेपाल

देउवासँगको भेटमा राजदूत बेरीले नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच बढ्दो सहकार्यबारे प्रतिपक्ष कत्तिको जानकार रहेको भनेर बुझ्न चाहेको विज्ञहरुले आँकलन गरेका छन् । तर, भेटमा दुई देशबीचको पारस्परिक सम्बन्ध, सहयोग र संभावनाहरूबारे मात्र छलफल भएको दुबै नेताहरूको निजी सचिवालयले जनाएको छ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका हुन् । भेटमा बेरीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण, नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहकार्यबारे चासो राखेको पनि स्रोतले बतायो ।

राजदूत बेरीले बिहीबार बूढानिलकण्ठ पुगेर कांग्रेस सभापति देउवा र कोटेश्वरमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई राजदूत बेरीले भेटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्