Logo

सञ्चारकर्मीलाई मन्त्री बाँस्कोटाको चेतावनी : “१२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्नुहोस्, कारबाही भोग्न तयार छु”



Spread the love

९ असोज, काठमाडौँ l आज मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्न पत्रकारलाई चुनौती दिएका छन् ।

मन्त्री बाँस्कोटाले सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै सो चुनौती दिएका हुन् l पत्रकारले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भने, “१२ अर्ब होइन, १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए सम्पूर्ण कारबाही भोग्न तयार छु, यस्तो अफवाहको पछाडि लाग्नु आवश्यक छैन । यो विषयमा अख्तियार, सीआईबी, नेपाल सरकारले आफैँ छानबिन गर्न सक्छ ।”

पत्रकारहरूले उठाएको प्रश्नले पत्रकारकै मान र मर्यादा घटाइरहेको आरोप लगाउँदै मन्त्री बाँस्कोटाले भने, “यस्ता प्रश्न गरेर नेपालको पत्रकारिताले आफ्नो अस्तित्व, जिम्मेवारी, मान र मर्यादा घटाइरहेको छ l”

प्रतिक्रिया दिनुहोस्