Logo

कम्युनिष्टहरूले मुलुकलाई असफल पार्न खोज्यो : नेता पौडेल



Spread the love

९ असोज, दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुले जनतालाई गुमराहमा राख्ने काम गरिरहेको आरोप लगाएका छन् l

आज दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागिता जनाउदै नेता पौडेलले कम्युनिष्टहरुले छलछामको राजनीति गरेको र जनतालाई गुमराहमा राख्ने काम गरिरहेको आरोप लगाएका हुन् l

आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको आरोप लगाउदै नेता पौडेलले भने, “आफूहरु सिद्धान्तमा नै कन्फिउज भएपछि जनतालाई पनि कन्फिउजनमा राख्ने प्रयास गरिरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्