Logo

राजनीतिक कुराले मात्रै समृद्धि आउँदैन : अध्यक्ष प्रचण्ड



Spread the love

९ असोज, काठमाडौँ l पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घोषणाले मात्रै देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् l

आज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक घोषणाले मात्रै देशलाई समृद्ध बनाउन नसकिने बताएका हुन् l

अध्यक्ष प्रचण्डले भने, “राजनीतिक कुराले मात्रै समृद्धि आउँदैन । सोच र शैलीमा परिवर्तन आवश्यक छ, अब आर्थिक, सामाजिक विकासमा जोड दिनुपर्छ ।”

सम्मेलन कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले अहिलेका नेता राणा र शाह शासकहरू जस्तै बडाहाकिम भएको बताउँदै भने, “शाहहरू, राणाहरू बडाहाकिम थिए, पञ्चायतमा पनि त्यस्तै देखियो, तर लोकतान्त्रिक आन्दोलनपछि अवस्था फेरिन्छन् भनेका नेताहरू पनि उल्टै बडाहाकिम नै भए l”

लोकतान्त्रिक व्यवस्थामा दलहरूले नेपाली जनताका लागि धेरै गर्नुपर्ने बताउँदै उनले भने, “जनताले धेरै नै हुनुपर्छ भनेका छन्, उनीहरूको अपेक्षा पनि त्यस्तै छ, तर कतिपय अवस्थामा राणा बडाहाकिमहरू र नेताहरू उस्तै उस्तै हो कि छुट्याउन गाह्रो भएको छ।”

निजी क्षेत्रहरू ठग हुन्, ठग्नेलाई दुहेर निचोरेर खानुपर्छ भन्ने मानसिकता राज्यले त्याग्नुपर्नेमा जोड दिँदै उनले भने, “राणा, शाह र पञ्चायतको जस्तै व्यवहार अब देखाएर हुँदैन, अब हामी त्यस्ता होइनौ भन्ने प्रमाणित गर्नुपर्छ । अराजकता र अस्थिरता फैलाउने धमिलो पानीमा माछा मार्न खोज्नेहरूलाई जवाफ दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्