Logo

लिग वानमा साबिकको विजेता पीएसजीको दोस्रो हार



Spread the love

९ असोज, काठमाडौं । साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै रेइम्ससँग पराजित भएका छ । पीएसजी रेइम्ससँग २–० ले पराजित भएको हो । लिग वानमा सुरुवाती ७ खेल सकिदासम्म यो पीएसजीको दोस्रो हार हो ।

२९औं मिनेटमा हसाने कामराले गोल गर्दै रेइम्सलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा बोउलाय डियाले गोल गर्दै घरेलु टोली पीएसजीलाई २–० को हारको स्वाद चखायो ।

हारपछि पनि पीएसजी ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने रेइम्स ११ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्