Logo

वर्तमान सरकार सही मार्गमा हिँड्न सकेन् : नेता पौडेल



Spread the love

८ असोज, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सही मार्गमा हिँड्न नसकेको बताएका छन् ।

आज नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा गरेको पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै नेता पौडेलले जनताले जुनआशा र भरोसा देखेर कम्युनिस्ट सरकारलाई भोट दिएका थिए त्यो अनुसार सरकार चल्न नसकेको बताएका हुन् ।

पछिल्लो समय वर्तमान सरकार बरालिँदै गएकाले नेपाली काँग्रेसले सरकारलाई सम्हाल्न सडकमा उत्रिनु परेको बताउँदै नेता पौडेलले भने, ‘सरकारले देशमा मनपर्दी गर्न थाल्यो, भ्रष्टाचार, अनियमितालाई प्रसय दिने काम गरेकाले काँग्रेस सडकमा उत्रिएको हो, सरकार सही मार्गमा हिँड्नुपर्छ बाटो बिराउनु हुँदैन ।’

सम्मेलनमा बोल्दै नेता पौडेलले सरकार ढल्ला र हामीले खाउँला भन्ने पक्षमा नेपाली काँग्रेस नरहेको भन्दै वर्तमान सरकारको समयाअवधि पाँच वर्षका लागि तय भएको बताए ।

उनले भने, ‘काँग्रेस यो सरकार ढल्ला र खाउँला भन्ने पक्षमा छैन, जनताले पाँच वर्षका लागि जनमत दिएका छन्, सरकार पाँच वर्ष चाल्नुपर्छ ।’ जसका लागि वर्तमान सरकारले गलत बाटो त्यागेर सही मार्गमा हिँड्नुपर्ने नेता पौडेलको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्