Logo

वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट प्यानलकाे जित !



Spread the love

८ असोज, काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट लोकतान्त्रिक समूहको प्यानलले जितेकाे छ । । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै कांग्रेस निकट विष्णुप्रसाद गैरे अध्यक्षमा विजयी भएका हुन् । नेपाली काङ्ग्रेस निकट समूहले इतिहासमै पहिलो पटक प्यानलसहित जित हाँसिल गरेकाे हो ।

वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा विजयी भएका कांग्रेस निकट विष्णुप्रसाद गैरे

मंगलबार २७ औं साधारणसभा पछि काठमाडौंको बौद्धस्थित होटल ह्यातमा भएको सम्पन्न निर्वाचनमा कांग्रेस नेतृत्वको गैरेको प्यानल विजयी भएको हो । अध्यक्ष गैरे ३३० मत ल्याएर विजय हुँदा उनका प्रतिस्पर्धी प्रगतिशील समूहका सरोजकुमार पोखरेलले २८२ मत मात्रै प्राप्त गरे ।

संघको नेतृत्वका लागि मंगलबार सम्पन्न चुनावमा ६५८ मतदाता रहेपनि ६२१ जनाले मतदान गरेका थिए ।
संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, दितीय उपाध्यक्षमा किशोरकुमार के.सी, तृतीय उपाध्यक्षमा विजयी भएका छन् ।

यसैगरी महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् । गुरुङ सबैभन्दा बढी १६८ मतअन्तरले विजयी भएकी हुन् । सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई र लक्ष्मण पौडेल विजयी भएका छन् ।

संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रालिका सञ्चालक हुन् ।

यसअघि निवर्तमान नेतृत्व वामपन्थी निकटको थियो ।

 

प्रतिक्रिया दिनुहोस्