Logo

सरकार वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सधैँ तयार : मन्त्री पोखरेल



Spread the love

७ असोज, काठमाडौँ l आपसी समन्वयको अभावले वैदेशिक रोजगार क्षेत्रमा समस्या उत्पन्न भएको रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् l

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २७ औँ साधारणसभा कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री पोखरेलले सो कुरा बताएका हुन् l

सरकार वैदेशिक रोजगारको क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गर्न सधैँ तयार रहेको बताउँदै मन्त्री पोखरेलले भने, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ l”

मन्त्री पोखरेलले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै नीति, निर्णय गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिएका छन् l

प्रतिक्रिया दिनुहोस्