Logo

नेपाली काँग्रेसले अगामी चुनाव जितेर संविधान संशोधन गर्छ : नेता थापा



Spread the love

७ असोज, जनकपुरधाम l सरकारको बेइमानीमा समाजवादी पार्टीले सहयोग गरेको आरोप नेपाली काँग्रेसका नेता गगन थापाले लगाएका छन् l

आज बिहान जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा सहभागिता जनाउँदै नेता थापाले वर्तमान सरकार विगतका सम्झौताहरूलाई लत्याउँदै विधेयक ल्याउन लागेको आरोप लगाएका हुन् l

वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दसैँपछि सडकमा उत्रिने बताउँदै नेता थापाले सो कार्य काँग्रेसले नै गर्ने बताएका छन् l नेता थापाले भने, ‘सडकको ताकतको आधारमा संसद्को शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दसैँ पछाडि काँग्रेसले गर्छ ।’

काँग्रेसको एउटै एजेन्डा २०७९ सालको चुनावमा विजय हुने इच्छा रहेको बताउँदै नेता थापाले अबको उद्देश्य संविधानलाई संशोधन गराउँदै स्वीकार्य बनाउने रहेको बताए l

उनले भने, ‘संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुन्छ, त्यसैले आगामी चुनाव जितेर संविधान संशोधन काँग्रेसले गर्छ ।’

प्रतिक्रिया दिनुहोस्