Logo

धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्छौँ : गृहमन्त्री थापा



Spread the love

६ असोज, काठमाडौँ l दसैँ, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बताएका हुन् ।

गृहमन्त्री थापाले सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने बताउँदै छिमेकी देश भारतबाट दसैँ मान्न घर फर्किने नेपाली नागरिकलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने पनि बताएका छन् l

नेपालमा ५ सय र १ हजार रुपैयाँको भारतीय नोट नचल्ने भएकाले ती नोट बोक्नेहरूले दुख पाउने सम्भावना रहेको बताउँदै ती नोट नेपालमा स्वदेशमा चलाउन पाइन्छ कि पाइँदैन भन्ने विषय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कले प्रस्ट नखुलाएकाले समस्या हुन सक्ने गृहसचिव प्रेमकुमार राईले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्