Logo

प्रिमियर लिगमा चेल्सीमाथि लिभरपुलको सहज जित



Spread the love

६ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको उपविजेता लिभरपुलले चेल्सीलाई स्तब्ध बनाएको छ । लिभरपुलले चेल्सीलाई उसकै घरेलु मैदानमा २–१ ले स्तब्ध बनाएको हो ।

लिभरपुलको जितमा एलेसान्दर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरे । चेल्सीको लागि एङ्गोलो कान्टेले एक गोल फर्काए । निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीका लागि मोहम्मद सलाहको पासमा खेलको १४औं मिनेटमा अर्नाेल्डले गोल गरेका थिए ।

फिर्मिनोले ३०औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७१औं मिनेटमा कप्तान सेजरको पासलाई सदुप्रयोग गर्दै कान्टेले गोल गर्दै खेललाई २–१ को अन्तरमा ल्याए । त्यसपश्चात थप गोल हुन नसक्दा लिभरपुल २–१ ले विजयी भयो ।

अपराजित रहेको लिभरपुलले ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेल्सी ८ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्