Logo

दशैँलाई लक्षित गरेर आजदेखि अग्रीम टिकट बुकिङ खुल्याे



Spread the love

५ असोज, काठमाडौं । नेपालीहरूकाे महान चाड दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ आजदेखि खुलेकाे छ । चाडपर्व मनाउनका निमित्त काठमाडाैंबाट घर फर्किने सर्वसाधारणलाई मध्यनजर गर्दै यातायात व्यावसायी महासंघले यात्रुहरूकाे सुविधा र सुरक्षित यात्राका लागि आजदेखि अग्रीम टिकट बुकिङ सुरू गरेकाे हाे ।

काठमाडाैंमा काेटेश्वर, चाबहिल, गाैशाला, पुरानाे बसपार्क, नयाँ बसपार्क, सुन्धारा, कलंकी गरी सात ठाँउका काउन्टरबाट टिकट बुकिङ गर्न सकिने महासंघले जनाएकाे छ ।

दशैं र दीपावलीकाे समयमा करिब २५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन् । यस बेला सर्वसाधरणलाई कठिन हुने भएकाले प्रत्येक वर्ष सरकारले अग्रिम टिकट बुकिङकाे व्यवस्था गर्दै आएकाे छ ।

गत भदाै २६ गते यातायात व्यवस्था विभाग, महानगरिय ट्राफिक प्रहरी महाशाखा र महासंघकाे सहमति अनुसार बुकिङ खुल्ला गरिएकाे हाे । यसवर्ष टिकट बुकिङ खुला गर्नुभन्दा अघिल्लाे दिन प्रत्येक सवारी साधनकाे प्राविधिक पक्षकाे चेकजाँच गरिएकाे थियाे ।

 

 

प्रतिक्रिया दिनुहोस्