Logo

तालिवान विद्रोहीले गराएको विस्फोटमा परि २० जनाको मृत्यु



Spread the love

एजेन्सी- अफगानिस्तानको दक्षिणी भेगमा तालिवान विद्रोहीले गराएको विस्फोटमा परि कम्तीमा  २० जनाको मृत्यु भएको छ । बिस्फोटमा परी ९५ जना घाइते भएका छन् ।

तालिवानले बिहीबार दक्षिणी कलात सहरस्थित, जाबुल प्रान्तको प्रमुख स्वास्थ्य संस्था समेत रहेको एक अस्पतालमा विस्फोटक पदार्थले भरिएको एक मिनी ट्रकलाई पड्काएकाे एक अधिकारीले बताए । मारिनेहरूमा प्राय: अस्पतालका चिकित्सक र बिरामीहरु रहेकाे रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए  ।

विस्फोटका कारण अस्पताल भवन ध्वस्त भएको छ । तालिबानले अस्पताल नजिकैको सरकारी गुप्तचर निकायको कार्यालयलाई निशाना बनाएको अनुमान गरिएको छ । भग्नावशेषबाट महिला र बालबालिकालाई निकालिएको देखेको घटनाका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

केहि महिना अघि विद्रोहीको कार्यशैलीप्रति आपत्ति जनाउँदै अमेरिकि राष्ट्पति डाेनाल्ड ट्रम्पले अफगान राष्ट्रपति असरफ घानी र तालिवानका वरिष्ठ नेतासँग भेट्ने तय गरेकाे कार्यक्रम रद्द गरेको घोषणा गरेका थिए । त्यसयता तालिवान समूहले आक्रमणका घटना अझ बढाएका छन् । ट्रम्पको कार्यक्रम रद्द घोषणासँगै १८ वर्षदेखि अफगानिस्तानमा जारी युद्ध अन्त्यको पहल जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्